हिन्दु संस्कार लाई चुनौती : छोरी द्वारा बुबाको मृत शरिर लाई दागबत्ती

राजन जैगडी   सोमबार २७, मङि्सर २०७८ ०९:१३

हिन्दु धर्म संस्कार अनुसार छोरी ले मृत पार्थिव शरीर छुन पनि अशुभ मानिन्छ । कतिपय ठाउँ मा शव नजिक जान पनि रोक लगाइएको पाइन्छ ।तर कैलाली मा एक जना छोरी ले आफ्नो बुबाको मृत्यु हुदा दागबत्ती दिएकी छ्न । कैलाली को गोदावरी नगरपालिका ११ का मन्तु बि क केही बर्ष  देखि क्यान्सर पिडित थिए । क्यान्सर का कारण आइतबार बि क को ६७ बर्षको उमेरमा दु:खद  निधन भयो । उनका ५ छोरी थिए । उनकी कान्छी छोरी गिता बि क ले उनलाइ दागबत्ती दिइन । हुनत समाज मा यस्ता समाचार सुन्न पाइन्छन । सुदुर पश्चिम समाज को लागि यो एक नया अभ्यास रहेको यस्ता अभ्यास ले समाज मा रहेका कुरिति,कुप्रथा को अन्त्य गर्ने सकिने गोदावरी नगरपालिका वडा न ११ का अध्यक्ष शिव बिक ले बताउनु भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु