सिमानाका मै रहेको हेल्थ डेस्कमा छैन स्वास्थ्य सामाग्री

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ १२:४४

नेपाल रेडक्रस सोसाईटी कैलालीले सिमानाका गौरीफण्टामा स्थापना गरेको हेल्थ डेस्कमा मास्क र स्यानीटाईजर समेत राखीयको छैन । भारत बाट नेपाल फर्किएका नेपालीहरु लाई स्वास्थ्य सामाग्री बारे चेतना दिने उद्येश्यले रेडक्रसले ३ जना स्यंमसेवक सिमामा खटायको छ । तर स्वयंम सेवकले भारत बाट फकिने नागरिकहरु लाई  स्वास्थ्य सामाग्री बारे जानकारी दिनु भन्दा पनि उनिहरु सँग आफै लाई सुरक्षीत हुन स्वास्थ्य सामाग्री छैन ।

कोरोनाको तेस्रो भेरियन्ट ओमीक्रोन फैलिन सक्ने खतरा बढि रहेको भन्दै सरकारले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । तर सिमा नाका गौरी फण्टामा नेपाल रेडक्रस सोसाईटी कैलालीले स्थापना गरेको हेल्थ डस्कमा मास्क समेत राखीयको छैन ।

स्वयंम सेवकले भारत बाट नेपाल आउने मानीसहरुको तथ्यांक राख्ने गरेका छन । सके सम्म सबै भारत बाट फर्किने सबैलाई मास्क बितरण गर्नु पर्ने हो तर यहाँ त जोखिम पुर्ण रुपमा सिमामा खटियका स्वंयम सेबक लाई समेत स्वास्य सामाग्री नहुनु निकै दुःखद कुरा हो सिमामा भेटियका भारत बाट फर्किएका एक नेपालीले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु