धनगढीको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने ४ जना समानसहित पक्राउ

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०१:५४

धनगढी । धनगढीमा रहेको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, उमेश भनिने आलोक  चौधरी, विवेक साउद र बाजुराको बुढीगंगा गाउँपालिका–८ का विकास नेपाली रहेका छन् ।

पक्राउ परेकाहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु