कैलाली कारागारमा कैदी भेट्न आएका युवक लागुऔसध सहित पक्राउ

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०३:४९

कैलाली कारागारमा एक युवक लागुऔसध सहित पक्राउ परेका छन् । मंगलवार जिल्ला कारागार कैलालीमा लागु औषध मुद्दाका सिद्धार्थ बडेलालाई भेट्न आएका धनगढी उपमहानगरपालीका वडा न  ४ बस्ने उत्तम सिंह पक्राउ परेका हुन् । सिंहलाई गेटमा चेक जाँच गर्ने क्रममा  १८० मिलिग्राम खैरो हिरोईन सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशी ले जानकारी दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु