कैलालीमा ठगी मुद्धाका फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०३:५८

 कैलालीमा ठगी मुद्धाका फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका ११ का ५६ बर्षीय पदम बहादुर बडैला पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । कैलाली जिल्ला अदालतले २०७१ साल जेठ २५ गतेको फैसलाले एक महिना कैद र ७६ हजार जरिवाना सजाय तोकेको थियो ।

उनलाई लुकिछिपि बसेको अवस्थामा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पश्चात प्रहरीले प्रतिवादी बडैलालाई आजै कैलाली जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु