कांग्रेस महाधिवेशन : २१ सय मत खस्याे

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०७:००

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दाेस्राे चरणकाे चुनावमा अहिले मतदान भइरहेकाे छ । बेलुकी साढे ६ बजेसम्म दुई हजार एक सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहनुभएको छ ।

हिजाे सोमवार भएको चुनावमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि फेरि चुनाव भएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु