साफ-१९ मा आज दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०८:५७

साफ-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसकेको श्रीलंका अंकविहीन अवस्थामा रहेको छ ।

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध र अन्तिम खेल भारतविरुद्ध खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु