इलाममा सबारी दुर्घटनामा: दुई जनाको मृत्यु , नौं जना घाइते

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०९:४५

 इलाममा मंगलबार भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मेची राजमार्गमा पर्ने हर्कटे फिक्कल सडक खण्डको कन्याममा भएको सवारी दुर्घटना दुई जनाले ज्यान गुमाएका हुन् ।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर आफै सडकबाट झण्डै एक सय मिटर तल खस्दा माइजोगमाई-३ का भरत घिमिरे र सोही गाउँपालिका-४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनीहरुको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा सवारी दुर्घटनामा परेको हो । कन्याम घुमघाम गरेर फर्किंदै गरेको गाडी दुर्घटनामा परेको हो । दुर्घटनाको क्रममा चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको पहिचान खुलेको छैन । उनीहरु सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु