पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०९:५६

 पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । पोखराको पृथ्वी चोकस्थित चाइनापुलमा बा ३-००१ ख १८१५ नम्बरको ट्रकले ग.१४ प. ५८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार कास्कीको काजीपोखरीकी ६० वर्षीया शान्तिमाया पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी पुनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक डिलबहादुर सोमरे घाइते भएका छन् । घाइते सोमरे मृतक पुनका ज्वाइँ हुन् । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु