बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ १२:२८

कैलालीको लम्कीचुहा नगरपालिका ३ स्थित गोराङ्गेमा बस र स्कारपियो एकापसमा ठोक्किदा २७ जना घाइते भएका छन् ।

काठमाण्डौँ बाट महेन्द्रनगर तर्फ आउँदै गरेको सुपप्र ००२(००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट पश्चिमबाट पूर्व जाँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

\स्कारपियोमा सवार चालक सहित ३ जना  र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

घाइतेहरूलाई लम्की स्थित लालरत्न अस्पतालमा पठाई उपचार भइरहेको र अन्य सवार सकुशल रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु