लिटल फ्लावर प्रिमियर लिग–६ अफिसियल हस्पीटल पार्टनर सारथी अस्पताल

  आइतबार २०, भदौ २०७८ ०७:३१

धनगढीमा आयोजना भैरहेको लिटल फ्लावर प्रिमियर लिग–६ विधालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको अफिसियल हस्पीटल पार्टनरका रुपमा सारथी अस्पताल प्रा लि सँग सम्झौता भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक  र सारथी अस्पताल प्रा लि बिच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।प्रतियोगितामा अफिसियल हस्पीटल पार्टनरका रुपमा रहेने सारथी अस्पतालले नगद ९० हजार सहित मेडिकल सामग्रीहरु सहयोग गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा लि का अध्यक्ष रामचन्द्र शाहीले बताएका छन्। विधार्थीहरुभित्र लुकेर रहेका नव प्रतिभाहरुको पहिचानका लागि २०७३ सालदेखि प्रत्येक बर्ष यो प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ ।
  यो बर्ष प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन १० टीमलाई सहभागि गराईनेछ भने    सहभागि टीमलाई २ समूहमा विभाजन गरि एउटा विधालयको टीमले चार वटा लिग चरण खेल खेल्न पाउने आयोजक को भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु