जसपाको प्रदेश कार्यालय उद्घाटन

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०४:०९

धनगढीमा जनता समाजवादी पार्टि (जसपा) को प्रदेश कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा प्रदेश समितीको कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन प्रदेशको संगठन सुदृढीकरण अभियान (सुज) कि संयोजक दुर्गा सोबले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै सोबले जनता समाजवादी पार्टी नेपाल नितान्त विकास केन्द्रित रहेको बताउनुभयो ।

देशमा जनता समाजवादी पार्टी थारु र मधेसीको पार्टी हो भन्ने मनसाय परिवर्तन गर्न आवस्यक रहेको बताउदै उहाँले यो पार्टीको नेतृत्व युवाशक्तीले गर्नुपर्ने जोड दिनुभयो । त्यस्तै यो देशको लामो बागडोरमा केही सिमित पार्टिको मात्रै बर्चस्व रहेकोले अब जनता जज बन्न आवस्यक रहेको सोबले बताउनुभयो ।

उहाँले अब नागरिकले मुख नभएर पार्टीको सिद्धान्त र नेतृत्वको चरीत्र पहिल्याउन जरुरी रहेको जिकिर गर्नुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै पुर्व संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन)ले जनता समाजवादी पार्टी नेपाल पछिल्लो समय देशको वैकल्पिक शक्तीका रुपमा अघि बढिरहेको बताउनुभयो ।

अन्य पार्टीहरुले यो देशमा दमन, शोषण तथा संघर्ष को अन्त्य भएको बताईरहंदा आफ्नो पार्टी अझैपनि दमन र शोषणकैबिच त्यसको अन्त्यका लागि निरन्तर लागीपरेको चौधरीले बताउनुभएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज होरिलाल चौधरी र पुर्व संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन) रहनुभएको थियो । त्यस्तै केन्द्रिय सदस्य मिनराज बडु अतिथी रहेको अभियान्ता हेमराज पन्तले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु