झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०९:३७

झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कन्काई नगरपालिका-७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इलामको रोङ गाउँपालिका-६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले विपरित दिशाबाट आइरहेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । दुर्घटनापछि बसका चालक ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु