स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.संगीता मिश्रा

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०९:४८

 डा.संगीता मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता बनेकी छन् । स्वास्थ्य मन्त्रालयले बुधबार प्रवक्ताको जिम्मेवारी मिश्रालाई दिएको हो ।

केही दिनअघि मात्र मिश्रा मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखाको प्रमुख बनेकी थिइन् । उनी यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशक रहेकी थिइन् । यसअघिका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल मन्त्रालयको प्रवक्ता र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा दुवैको जिम्मेवारीमा थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु