कांग्रेस महामन्त्री : गगन थापा अग्रता बढाउँदै, पछ्याउँदै विश्वप्रकाश शर्मा

छिनोफानो   बिहिबार ०१, पुष २०७८ ०१:२६

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। सुरुदेखि नै थापाले अग्रता कायमै राखेका छन्। 

यस्तै, गगन थापालाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्। २१२० मत गन्दा गगन थापाले १३८५ मत ल्याएका छन्। भने, विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेका छन्। 

यस्तै, प्रदीप पौडेल ६२१, प्रकाशशरण महत ६९८ मीनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत प्राप्त गरेको निर्वाचन समिति सचिव केशव रिजालले बताए। 

कांग्रेस महाधिवेशनमा कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत खसेको थियो। ६४ जना प्रतिनिधि अनुपस्थित भएका थिए। महामन्त्रीको मतगणना अहिले जारी छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु