कञ्चनपुरका आरक्ष पिडितको गुनाँसो :देउवा ५ पटक प्रधामन्त्री हुदा पनि आफुका समस्या हेरेनन्

पवन भण्डारी   शुक्रबार ०२, पुष २०७८ १२:३९

पवन भण्डारी,धनगढी । वि.स २०५८ सालमा विस्तावित बनेका कञ्चनपुरका आरक्ष पिडित दुई दशक बितिसक्दा पनि एउटा खुल्ला आकाशमुनि बस्न बाध्य छन । कांग्रेस सभापति एबम प्रधानमन्त्री शेर बहादुर देउवाका पालामा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित पिडितको अहिलेसम्म पुर्नस्थापना हुन सकिरहेको छैन । 

पटक पटक सरकार परिबर्तन र नेताहरुको आस्वासन बाहेक पुर्नस्थापनाका  लागी अहिले सम्म कुनै पनि सरकारले पहल नगरेको पिडितहरुको गुनाँसो छ । पिडितहरुले प्रधानमन्त्री देउवाले आफुहरुको उठिबाँस गरेको तर ५ पटक प्रधानमन्त्री हुदा समेत आफुहरुका समस्या प्रति गम्धीर नबनेको बताए । 

प्रधानमन्त्री देउवाले नै आफुहरुलाई बिस्तापित गरेको पिडितहरुको आरोप रहेको छ । आफुहरु लाई सरकारले जनवार जत्तिको ब्यावहार नगरेको आरक्ष  पिडितहरुले बताए । 

आफुहरुले २० बर्ष सम्म निकै पिडा भोगी रहदा पनि सरकारले वास्ता नै नगरेको स्थानीयको दुखेसो छ । सरकारले बिभिन्न आयोग गठन गर्दै आफुहरुको आँखामा छारो हाल्ने काम मात्र गरेको स्थानीय जना देबि लुहारले बताईन । 

आरक्ष पिडीतहरु ले पटक पटक आन्दोलनका कार्यक्रम गर्दै आएको भएपनि कसैले आफुहरुका समस्या नहेको आरक्ष पिडीत संघर्ष समितीका अध्यक्ष कर्ण बहादुर चन्दले बताए । उनले आफुहरुको नाम बेच्दै बिभिन्न आयोगहरु बनाउदै कार्यकर्ता पाल्ने मात्र काम हरेक सरकार बाट भएको आरोप समेत लगाए ।

आरक्ष पिडीतहरु प्रदेश सरकार देखि लिएर संघीय सरकार लाई पटक पटक बिभिन्न संर्घषका कार्यक्रम गरेको भए पनि हाल सम्म सुनुवाई भएको छैन । पिडितहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यलय गेटमा समेत धर्ना दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु