बन्धातालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

छिनोफानो   बिहिबार ३१, भदौ २०७८ १०:४९

 कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक , भएको छ । बुधबार दिउँसो साढे ३ बजेको समयमा साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका ३ खिरिया घर भएका जितबहादुर चौधरीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको  छ।

बन्धातालमा पौडिने क्रममा युवक वेपत्ता भएको खबर पश्चात् खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछि शव फेला पारेको थियो ।

४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कञ्चनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु