गुल्मीमा भिरबाट लडेर पति-पत्नीकै मृत्यु

छिनोफानो   शनिबार ०३, पुष २०७८ १२:१३

गुल्मीमा भिरबाट लडेर पति-पत्नीकै मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १ बांगेस्थित सिख्रा सामुदायिक वनको भिरबाट लड्दा स्थानीय २६ वर्षीय मनु सार्की र उनकी पत्नी २५ वर्षीया ज्ञानु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ससुराली जाने क्रममा उनीहरू भिरबाट खसेका स्थानीयले बताएका छन् । भिरबाट खस्दा गम्भीर घाइते भएका उनीहरुको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु भिरबाट खसेको जानकारी पाएपछि पौदी अमराई प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराई नेतृत्वको टोली घटनामा पुगेको थियो । उनीहरु कसरी एकसाथ भिरबाट खसे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु