कालीकोटमा आगलागीमा परेर एक महिलाको मृत्यु

छिनोफानो   शनिबार ०३, पुष २०७८ ०४:३१

कालीकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट-९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उनको मृत्यु भएको हो ।

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए । शुक्रबार दिउँसो बुढा रास्कोट-९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा आगलागी गर्दा त्यसमा परेर बुढा घाइते भएकी थिइन् । रासस

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु