कैलालीमा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा, अध्यक्षमा रावल

छिनोफानो   आइतबार ०४, पुष २०७८ ०९:००

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कैलालीको जिल्ला कमिटी घोषणा गरिएको छ । शनिबार धनगढीमा भएको प्रथम जिल्ला भेलाबाट भैरव रावलको अध्यक्षतामा २०१ सदस्यीय कमिटी घोषणा गरिएको हो ।

यस्तै जिल्ला कमिटी वरिष्ठ उपाध्यक्ष विमल कुमार जोशी, उपाध्यक्ष रत्ना कडायत, सचिव खडक रावत, वखत विष्ट, दीर्घ जोशी र उपसचिवमा प्रेमलाल चौधरी चयन भएका छन् । पदाधिकारी र सदस्यलाई सो पार्टीका केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूवाधार विकास मन्त्री दिर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु