कैलालीमा २५ वर्षीय युवालाई नग्न बनाउँदै घाँटी रेट्ने अपराधीको गोप्य अडियो ‘लिक’

छिनोफानो   आइतबार ०४, पुष २०७८ ०१:१४

काठमाडौं । कैलाली टीकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभत्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको हो ।

अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो । हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

तर हत्यामा संलग्न रहेको भन्दै एकजनाले आफ्नो साथीसँग गरेको टेलिफोन संवाद सार्वजनिक भएको छ । जहाँ मनोज नामका एकजनाले फोन गरेका छन् । उनले आफूहरुले नै हत्या गरेको बताएका छन् ।

उनले हत्यापछि आफूहरु भारत बैंङलुरु जान लागेको र रुपेडिया बोर्डर पुगेको बताएका छन् ।

प्रहरी अधिकारीहरुद्वारालाई उपलब्ध फोन रेकर्डमा मनोजले आफूहरुले नै हत्या गरेको र सबैजना भारत जान लागेको बताएका छन् ।

सो अडियोमा ‘बक्स’को कुरा गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार बक्स भनेको लागुऔषध हुन सक्छ । सो समूह र मृतकको कनेक्सन लागुऔषधसँग भएको हुन सक्ने र मृतकले लागुऔषध लुकाएको आरोपमा हत्या गरेको हुनसक्ने प्रहरी दाबी छ ।

मनोज नामका व्यक्तिले आफूनिकटकालाई गरेको फोनको अडियो रेकर्ड लिक भएपछि प्रहरीलाई समेत अनुसन्धानमा सहजता भएको हो ।

प्रहरी अधिकारीहरुले अडियोका आधारमा अपराधीको पहिचान गरिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु