कञ्चनपुरमा दोधारा चाँदनी नगर क्षेत्रमा निल गाईको आतङ्क

छिनोफानो   आइतबार ०४, पुष २०७८ ०२:४१

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निल गाईले किसानहरूलाई हैरान पारेको छ ।छाडा चौपाया सँगै निल गाईले स्थानीय किसानहरूले लगाएको अन्नबाली नष्ट पार्न थालेपछि किसानहरूले हैरानी खेप्नु परेको हो ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को हात्ती पीडित भनिएको क्षेत्र बडवाल टोलमा दैनिक रातीको समयमा हुल बाँधेर आउने निल गाईले गहुँ खेती, तरकारी तथा दलहन बालीलाई नष्ट गर्ने गरेका छन् । भारतीय जङ्गलबाट आउने दर्जनौँ सङ्ख्यामा रहेका निल गाईले जुन खेतमा पस्छन् त्यस खेतको पुरै बाली नाश पार्ने गरेको स्थानीयहरू बताउँछन् । 

कतिपय बाली त गाईले खुँदेरै पनि नष्ट हुने गरेको किसानले बताउँछन्  । यसअघि जङ्गली हात्तीले किसानहरूको खेती नष्ट गर्दै आइरहेको थियो । अहिले निल गाई धपाउन स्थानीयहरू रातभरी जाग्राम बस्नु परेको स्थानीय लक्ष्मी राना क्षेत्रीले बताउनुभयो । बडवाल टोलमा विगत लामो समयदेखि मानव र वन्यजन्तु बीच द्वन्द्व चलिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु