चितवनमा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०२१ सम्पन्न

छिनोफानो   आइतबार ०४, पुष २०७८ ०४:५४

चितवनमा उधोग संघ चितवन र नेपाल उध्योग परिसंघको संयुक्त आयोजनामा  अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०२१ सम्पन्न भएको छ । पुस २ देखि ४ गते सम्म चितवन प्रदर्शनी स्थलमा सम्पन्न भएको प्रदर्शनी मा एनिमल नेपाल लाई पनि स्टल राखेर पशुकल्याण सम्बन्धी जनचेतना गराउन का लागि संघका अध्यक्ष त्रिलोचन कंडेल अनुमती दिनु भएको जानकारी एनिमल नेपाल कि चितवन जिल्ला संयोजक सुमेधा गौतम ले जानकारी दिनु भयो ।

भारतीय ५० वटा स्टल सहित जम्मा २०० स्टल रहेको उक्त प्रदर्शनी मा ३० प्रतिशत स्टल अत्याधुनिक प्रबिधी का उपकरण, कृषि उत्पादन , हस्तकला, तथा अन्य रहेको जानकारी संघ का अध्यक्ष त्रिलोचन कंडेल ले जानकारी गराउनु भयो । एनिमल नेपाल ले पनि स्टल राखेर पशुकल्याण बारेमा जनचेतना जगाउने काम गरेको जानकारी संस्था का सुपरभाइजर देव उपाध्याय ले जानकारी दिनु भयो ।

३ दिन सम्म सन्चालन भएको उक्त कार्यक्रम मा एनिमल नेपाल का तर्फ बाट संस्था का सुपर्भाइजर देव उपाध्याय र फिल्ड अफिसर बिजया श्रेष्ठ ले करिब १२०० सहभागीहरुलाई एनिमल नेपाल तथा पशु कल्याण बारेमा जानकारी गराउनु भएको कुरा संस्था का सुपर्भाइजर देव उपाध्याय ले बताउनु भयो । यति ठूलो औद्योगिक मेला मा आफुलाई स्टल राखेर पशु कल्याण बारेमा जनचेतना जगाउने अवसर दिनु भएको मा एनिमल नेपाल संस्था उध्योग संघ चितवन प्रती आभारी रहेको संस्था कि चितवन जिल्ला संयोजक सुमेधा गौतम ले जानकारी गराउनु भयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु