मन्त्री आले द्धारा नेपाल पर्यटन बोर्ड सदुरपश्चिम प्रदेश कार्यलयको उद्घाटन

छिनोफानो   सोमबार ०५, पुष २०७८ ०१:१२

सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले सदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न अझै आवश्यकक्ता रहेको बताए ।

नेपाल पर्यटन बोर्ड सदुरपश्चिम प्रदेश कार्यलयको आज एक  कार्यक्रमका बिच उद्घाटन गर्दै मन्त्री आलेले  सदुरपश्चिम प्रदेशमा प्रदेश कार्यलय सञ्चालन लागी बजेट समेत बिनियोजन भईसकेको बताए ।

सदुरपश्चिम प्रदेशमा रहेका पर्यटकिय स्थलहरुमा भ्रमणमा आउने पर्यटकहरु लाई बोर्डको कार्यलय आउने बित्तिकै सहज हुने गरि तस्बिरहरु राख्न उनले निर्देशन समेत दिए । 

मन्त्री आलेले पर्यटन क्षेत्रको बिकास लागी कुनै पनि कसर बाकी नराखी लाग्न हुन सबै लाई आग्रह समेत गर्दैे बजेट अभाब हुन नदिने बताए । राष्टिय पर्यटन बोर्डका प्रबन्ध निर्देशक सुर्य थपलियाले राष्ट्रिय पर्यटन बोर्ड प्रदेशमा आउन २२ बर्ष लागेको बताए । उनले पहिले नै बिभिन्न ठाँउमा प्रर्देश कार्यलय स्थापना हुनु पर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु