मन्त्री आलेद्धारा जेष्ठ नागरिक तथा एकल महिलाहरु लाई न्यानो कपडा बितरण

पवन भण्डारी   सोमबार ०५, पुष २०७८ ०४:२५

सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले डोटीको जोरायल गाँउपालीका वडा नं १,२,३ र ४ मा रहेका जेष्ठ नागरिक तथा एकल महिलाहरु लाई न्यानो कपडा बितरण गर्नु भएको छ । ४ वडाका करिब ७ सय ८० जना लाई सल र ब्याङकेट बितरण गरियको हो । 

मन्त्री आलेले आफनै लगानीमा ४०० थान ब्याङकेट र ३ सय ८० थान  सल बितरण गरेका हुन । चिसोको समयमा राहात होस भन्ने उद्येश्यका साथ ब्याङकेट बितरण गरियको मन्त्री आलेले बताए ।

No description available.

उनले समस्यामा परेका नागरिकहरु लाई समेत आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री आलेले यस भन्दा अगाढी पनि थुप्रै ब्याक्तीहरु लाई सहयोग गरिसक्नु भएको छ ।

No description available.

कोरोना महामारीका बेला अक्सीजनको अभाब लाई कम गर्नका लागी मन्त्री आलेले सदुरपश्चिम प्रदेशमा आफनै स्वलगानीमा चिनबाट अक्सीजन सिलिण्डर ल्यायर बितरण गरेका थिए ।

No description available.सामाजिक सेवामा अब्बल रुची राख्ने मन्त्री आलेले थुप्रै पिडामा रहेका नागरिकहरु लाई आर्थीक सहयोग समेत गर्दै आएका छन ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु