डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

छिनोफानो   मङ्गलबार ०६, पुष २०७८ ०४:१३

डोटी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ४ वायलकी ३८ वर्षीया पपी बिष्ट भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

सोमबार बिहान बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी बिष्टलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रहरी प्रवक्ता रविन्द्र चन्दले जानकारी दिए।

भालुले आक्रमण गरेपछि बिष्ट भिरबाट करिब ५० मिटर तल खसेर घाइते भएको प्रहरीले बताएको छ। उनको उपचार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु