डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

छिनोफानो   मङ्गलबार ०६, पुष २०७८ १२:४६

डडेल्धुरा। डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका जयमेरु गाउँपालिका–१ का २० वर्षीय सुरेश पार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार साँझ अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पार्की गम्भीर घाइते भएका थिए।पार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। ट्रयाक्टर चालक अमरगढी-५ कै ३०वर्षीय महेश ताम्राकार र ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु