धनगढीको चटकपुर क्षेत्रमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक घाइते

छिनोफानो   मङ्गलबार ०६, पुष २०७८ ०२:२४

धनगढी । कैलालीको मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढीको चटकपुर क्षेत्रमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। मंगलबार बिहान सुप्रप ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले से७प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु