मंगलबार सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

छिनोफानो   मङ्गलबार ०६, पुष २०७८ ०२:५७

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४ नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा दुई जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये एक जना आईसियु र एक जना संक्रमित विरामीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु