धनगढीमा लागुऔषधसहित दुई जना युवक पक्राउ

छिनोफानो   बुधबार ०७, पुष २०७८ ११:१४

धनगढी । कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो । दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु