अन्तरजातीय विवाहपछि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिए

छिनोफानो   बुधबार ०७, पुष २०७८ ०१:०४

अन्तरजातकी केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिएका छन् । हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिंडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हुम्ला प्रहरीले जानकारी दिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाएका थिए । त्यसपछि रमिलाको परिवारले २९ गते राति आफ्नी छोरी खोसेर लगेका थिए। तर चन्द्रे भने त्यही दिनदेखि बेपत्ता थिए ।

चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसैकारण रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु