प्रधानमन्त्री कप महिला क्रिकेटः एपिएफसँग घरेलु टोली सुदुरपश्चिमको लज्जास्पद हार

छिनोफानो   बुधबार ०७, पुष २०७८ ०१:५९

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबसँग सुदुरपश्चिम प्रदेशले लज्जापद हार व्यहोरेको छ । बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो ।

लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ । 

टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो । एपिएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमको पारी एपिएफको बलिङ सामु टिक्न सकेन् । सुदुरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।

एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिईन् । खेलमा ४ विकेट लिएकी एपिएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भईन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु