राष्ट्रव्यापी अन्तर–चित्रकला प्रतियोगितामा कैलालीका कार्तिक बोगटी सम्मानित

छिनोफानो   बिहिबार ३१, भदौ २०७८ ०३:३०

सम्माननीय राष्ट्रपति विधादेवी भण्डारीज्यूको करकमलबाट ५७औँ बाल दिवस २०७८ को अवसरमा आयोजित चित्रकला प्रतियोगिता तर्फ   कैलालीका कार्तिक बोगटीले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।

नेपाल बाल संगठन र बाल मन्दिर नक्सालद्धारा आयोजित राष्ट्रव्यापी अन्तर–चित्रकला प्रतियोगितामा  कैलालि लम्की चुहा १२ का बोगटीले नगद पुरस्कार र प्रमाण–पत्रद्धारा  सम्मानित भई विधालयको गौरव बढाउन सफल भएका हुन्  ।  उनि रिलायन्स इन्टरनेसनल एकेडेमी काठमाडौं कक्षा ६ मा अध्यनरत छात्र हुन ।

उनी सानै बाट चित्रकला बनाउदै आएका थिए । साथै आगामी दिनमा चित्रकलाको माध्यमबाट देशको गौरब बढाउदै आफ्नो कला लाई देश तथा बिदेशमा पनि प्रस्तुत र प्रदर्शन गर्ने पनि कार्तिक बताउछन । कार्तिकले पाएको यो पुरस्कार साहरा घरलाई सहयोग गर्नुभएको छ ।

सहारा घरले बिभिन्न घरपरिवारविहिनलाइ गाँस,वाँस,कपास दिदै आएको र आफुलाइ पनि समाजसेवा गर्ने  रहर भएकाले पाएको उक्त पुरस्कार सहारा घरमा राखेको उनले बताएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु