नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

छिनोफानो   बिहिबार ०८, पुष २०७८ ०९:१४

 नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान शुरु हुने जानकारी दिएका छन् ।

सभापतिका उम्मेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र विमलेन्द्र निधि पक्षबीच विवाद समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु