कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते

छिनोफानो   शुक्रबार ०९, पुष २०७८ ०९:२८

कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते भएका छन्। कैलालीको खानिडाडाँ नजिक गोताले भन्ने ठाउँमा बस र ट्रक ठोक्किँएका हुन्। 

बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र बुटवलबाट डडेल्धुरा जाँदै गरेको ना ६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुलाई अस्पताल पठाइएको र घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु