सुनसरीमा ट्रकले ठक्कर दिएपछि एक महिलाको मृत्यु

छिनोफानो   शुक्रबार ०९, पुष २०७८ ०४:२८

सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकले ठक्कर दिएकी महिलालाई उठ्दै गर्दा ब्याक गरेर किचिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट घाइते भएकी पैदल यात्री महिलालाई पुनः ट्रक पछाडि सारेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी सीता खड्काका अनुसार मृतकले उठ्न खोज्दा ट्रक पछाडि सरेको थियो । केही अगाडि पुगिसकेको समयमा ‘ट्रक ब्याक गरेर’ टाउकोमाथि पछाडिको चक्का चढाएको प्रत्यक्ष देखेको उनले बताइन् ।

कुखुरालाई चारो लिएर घर फर्किदै गरेकी इटहरी-४ की ६२ वर्षीया देवी खड्कालाई प्र. १-०-२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको हो । उता प्रहरीले भने उपचारका क्रममा मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार ट्रक चालक पेम्बा शेर्पा प्रहरी नियन्त्रणमा छन् । हाल स्थानीयले धरान इटहरी सडक खण्ड अवरुद्ध गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु