मन्त्रिपरिषद बैठकले गर्‍यो यस्ता सात निर्णय

छिनोफानो   शुक्रबार ०९, पुष २०७८ ०४:४३

मन्त्रिपरिषद बैठकको निणर्य आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय
१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने ।
२) विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत गर्ने ।
३) क्रिसमस डेका अवसरमा शनिबार सार्वजनिक विदा दिने ।
४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृति दिने ।
५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने ।
६) जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृति दिने ।
७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृति दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुनरावलोकन गर्ने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु