सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय स्थापना

राजन जैगडी   बिहिबार ३१, भदौ २०७८ ०४:४१

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ । बिहीबार दलका नेता दीर्घ सोडारीले बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगाएत नेकपा (एस) निकट प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी गठबन्धन को नेकपाले प्रयोग गर्दै आएको थियो ।
 नेकपा विभाजन पछि एमाले संसदीय दलको कार्यालय रहेको सो कार्यालयमा अहिले नेकपा (एस) को कार्यालय बनाइएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु