देशका विभिन्न ठाउँमा वर्षा

छिनोफानो   बिहिबार २७, भदौ २०८१ ०६:५९

काठमाण्डौ – देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कञ्चनपुरको दोधारा, सुन्दरपुर, हनमान नगर, बाँकेको सिक्टा, दाङको लालमटिया, लमही र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने पश्चिम राप्ती नदी, बबई नदी र यसका सहायक ससाना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लगातारको वर्षाले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । हिजो बेलुकीदेखिको वर्षाले कालीकोटको गगनेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको कालीकोटबाट उज्यालो सहकर्मी मनिराज पाण्डेले जनाएका छन् ।

यसैबीच आज बेलुकादेखि पर्सि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु