झापामा दुई मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु, दुई जना घाइते

छिनोफानो   आइतबार ११, पुष २०७८ १०:४४

झापामा दुई मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कचनकवल गाउँपालिका-२ मा भारतीय नम्बर प्लेटको डब्लु बी ७४प ९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा कचनकवल गाउँपालिका ४ का ४० वर्षीय शेषलाल राजवंशीको मृत्यु भएको छ । २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु