सरकारले गठन गर्‍यो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त

छिनोफानो   बिहिबार ३१, भदौ २०७८ ०५:१८

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराएका हुन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरूलाई हटाउने बताए। उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको टिमले ती समस्यालाई हटाउने प्रयत्न गर्ने बताए।

अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन र अव्यवस्थित बसोबासीहरूको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलता थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौं।’सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु