२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए

छिनोफानो   सोमबार १२, पुष २०७८ ०९:३४

२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए

 

0

468Shares

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

अनलाइनखबर अनलाइनखबर

 २०७८ पुष १२ गते ९:०१

१२ पुस, धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

जोशीले  भने, ‘आइतबार राति भइसकेकाले दुवैको मृत्युबारे धेरै कुरा बुुझ्न सकिएन । हामी अनुुसन्धानकै क्रममा छौं ।’

गौरीगंगा नगरपालिका-३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्रहरी अनुुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु