हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु , एक जना घाइते

छिनोफानो   सोमबार १२, पुष २०७८ १०:३१

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

उनकाअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा विष्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाडौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु