सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

छिनोफानो   सोमबार १२, पुष २०७८ १०:५२

सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आइतबार साइकलको ठक्करबाट एक र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । मलङ्गवा-नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका-६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा खातुनलाई साइकलले ठक्कर दिएको थियो । घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गए राति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । त्यसैगरी पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका-७ बस्ने ५७ वर्षीय भीम गुरुङको दुर्घटनामा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवामा पुर्‍याइएको थियो । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु