प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारको सम्पत्ति छानबिन हुने

छिनोफानो   सोमबार १२, पुष २०७८ ०६:१३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ ।

विभागले प्रधानन्यायाधीश राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको हो । पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान गरिने विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ । यसैगरी, जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, राणाकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै हिजो उजुरी दिएका थिए ।

उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न केसीले माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु