लोहोरोले हिर्काएर श्रीमतीको हत्या,आरोपमा पति पक्राउ

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०९:०१

पाँचथरमा पत्नी हत्याको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाँउपालिका-२ इम्वुङका ४७ वर्षीय इन्द्रकुमार नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले लोहोरोले हिर्काएर श्रीमती जीवनकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते घरायसी विवादमा नेम्वाङले ४५ वर्षीया श्रीमतीलाई लोहोरोले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा गएको आइतबार उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु