सप्तरीमा एक महिलाको घाँटी रेटेर हत्या

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०९:०८

सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी एक महिलाको घाँटी रेटेर हत्या भएको छ । आइतबार साँझ घरबाट खरानी लिएर खेतमा पुगेकी छिन्नमस्ता–१ बरहीवीरपुरकी ५५ वर्षीया भुटनीदेवी यादव सोमबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै बियर र रक्सीका खाली बोतलसमेत फेला परेका छन् । शवको प्रकृति हेर्दा टाउकोमा बियरको बोतल प्रहार गरिएको प्रहरीको अनुमान छ ।

मृतकका श्रीमान् जबाहरि यादव सामान्य कृषक हुन् । उनका दुई छोरा, एक छोरी र एक बुहारी छन् । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु