कैलालीसहित १६ जिल्लामा नेपाली काँग्रेसले यही पुस २७ गते अधिवेशन गर्ने

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०९:१४

कैलालीसहित १६ जिल्लामा नेपाली काँग्रेसले यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो। 

महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भइसकको थियो।  तर १६ जिल्लामा भने अधिवेशन हुन बाँकी थियो। सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको थियो।  

प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन रोकिएको थियो। यस्तै गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु