कैलालीमा हाइस दुर्घटना हुँदा १० जना घाइते

छिनोफानो   मङ्गलबार १३, पुष २०७८ ०४:३८

कैलालीमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १० चुहा तिघरी जाने बाटोमा शुक्लाफाँटा यातायात प्रालिको बा ५ख ८९०० नम्बरको हाइस पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
हाइसमा  जम्मा १० जना सवार रहेका थिए । हाइसका चालक र सहचाल फरार रहेको र उनिहरुको खोजी भईरहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ ।
घाइतेहरु अवस्था समान्य रहेको र उनिहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु