स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ पुनः सुरु प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना

छिनोफानो   बुधबार १४, पुष २०७८ ०८:५२

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ । कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो ।

अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रहेको उहाँको भनाई छ । सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । कार्ड सप्लाईको ठेक्का फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा लिएको थियो ।

अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नयाँ आवेदन पनि खुला गरिरहेको छ । विभागका प्रवक्ता डा. भुसालका अनुसार बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर कार्ड छपाइ हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु